Section 28
कानूनी सहायता उपलब्ध गराउने
फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्ने प्रयोजनको लागि अदालतले कारबाही चलाउँदा त्यस्तो अभियुक्त वा कसूरदारले कानून व्यवसायी नियुक्त गर्न असमर्थ भएमा र त्यस्तो अभियुक्त वा कसूरदारले चाहेमा अदालतले वैतनिक कानून व्यवसायीको सुविधा उपलब्ध गराउन सक्नेछ ।